ज्वति बिनाको जाग्रित

अर्थै रहेन बाच्नुको यस्तो जिवनको कथा
दुःख्ने छाती फुटाएर म लेख्छु भित्रि वेदना।

जाग्राम यो रमाईलो भन्छन् भन्ने भनिरहुन
नबल्दा मनको बत्ति ज्वति बिना छ जाग्रित।

मन भित्र कुरा खेल्दा न हुन्छ कामना पुरा
यो बौलाहटको आज न कुनै रोक अस्मिता।

निदाउँ अब भन्दैछु खेल्दैछन् मनमा कुरा
न देखें सपना मैले फगत् मात्र छ कल्पना।

न छु म होशमा आज न वेहोशि छु रातमा
न डुल्दै छु, न घुम्दै छु यो मद्धय रात बिचमा।

उपाय मर्नु मात्रै छ मर्नु हुँदैन भन्दछन्
सबैमा दिलको बात भन्नु हुँदैन भन्दछन्।

आफ्ना भन्ने भए टाढा पराई आफ्नो बन्दछ
हर्दम् यस्ता कथा बोकि जिन्दगी जिउँनु पर्दछ।

न कुनै याद, झ-झल्को न हो यो सब कल्पित
विशुद्ध दिलको बात मात्र यो सब बन्दछ।

आँखा हेर्दछु मिचेर देख्छु भन्छु म देख्दिन
लाग्छ ब्रम्हाण्डमा आज यो अन्तिम रात्रि बन्दछ।

केहि कुरा त सम्झिन्थें म आज स्मृति हिन छु
शिरमा काल साक्क्षि छ ज्वति बिना छ जाग्रित।

दिन्छ ईश्वरले सित्तै पिर, मर्का, दुःख, बेदना
लेख्दछ भाविले तेस्सै नसोचि भाग्यका कुरा।

न यस्तो न त उस्तो हो, हो कस्तो चिज जिवन
के आयो रातमा आज भाग्दै छ निद दुर्-दुर।

रात्रि यो शूर्य देखिन्नन् इन्दू यो रश्मि शून्य छ
सबै त्रिलोकमा आज जे छ त्यो पनि शून्य छ।

समाई हातले तानी लादैछन् अन्त काहिँ ता
कि अभिनय लाग्दै छ यो मेरो दृष्टि हिनता।

कुरा अतितका सम्झें एकान्तस्थलमा बसी
कथा भविश्यका कल्पि सम्झि आफै म जल्दथें।

रमायौ कि कतै आज मेरो यो देखि जिवन
बगायौ कि कतै आँशु यो मेरो देखि हालत।